+
+

महासेनानी दिरेन्द्रकुमार मल्ल बर्खास्त

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ५ गते १७:२०

५ असार, काठमाडौं । नेपाली सेनाका महासेनानी दिरेन्द्रकुमार मल्ल बर्खास्तमा परेका छन् । समरी सैनिक जनरल अदालतले मल्ललाई मंगलबार बर्खास्त गरेको हो ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरवकुमार केसीले मल्ललाई सैनिक अदालतले बर्खास्त गरेको पुष्टि गरे। ‘भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सैनिक अदालतले बर्खास्त गरेको हो’ केसीले अनलाइनखबरसँग भने ।

सैनिक स्रोतका अनुसार उमेरसम्बन्धी विवादमा मल्ललाई दोषी ठहर गर्दै सैनिक अदालतले बर्खास्त गरेको हो । मल्ल अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघस्थित नेपाली नियोगका सैनिक सहचारीको रुपमा कार्यरत थिए ।

अमेरिकामै रहेकाले उमेरसम्बन्धी विवादबारे उजुरी परेपछि छानबिनका लागि भन्दैसैनिक मुख्यालय जंगी अड्डाले मल्ललाई फिर्ता बोलाएको थियो । नेपाल फर्किएपछि सैनिक प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

छानबिनका लागि कोर्ट अफ इन्क्वायरी गठन गरिएको थियो । कोर्ट अफ इन्क्वाइरीपछि सैनिक अदालत पुगेर उक्त मुद्दा टुंगो लगाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?