+
+

कांग्रेस सांसदको व्यङ्ग्य : महासेठलाई मन्त्री बनाएकोमा एमालेलाई बधाई

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ५ गते १५:४८

५ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले आगामी आर्थिक वर्षको बजेटलाई लिएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको आलोचना गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आलोचनाका साथ महासेठलाई मन्त्री बनाएकोमा एमालेलाई बधाई भनेका हुन् ।

‘भौतिक मन्त्री उहाँ इन्जिनियर हुनुहुन्छ, बडो सम्पन्न र समृद्ध मान्छे हुनुहुन्छ । योग्य पनि भएरै एमालेले उहाँको नेतृत्वमा उपप्रधानमन्त्री दिएर सरकारमा पठाएको होला,’ सांसद घिमिरेले अगाडि भने, ‘…उपप्रधानमन्त्री सहित र सरकारको नेतृत्व गरेर पठाउने नेकपा एमालेलाई मेरो हार्दिक बधाई छ ।’

एमालेलाई बधाई दिँदै गर्दा उनले मन्त्री महासेठको चर्को आलोचना गरे ।

‘तर मैले यति ठूलो निर्लज्ज मान्छे संसारमै देखेको थिइनँ । १५ सय योजना पर्दा तीन सय योजना त उहाँको श्रीमान् श्रीमतीको क्षेत्रमा मात्रै छन् । नपत्याए गनेर हेर्नुस्,’ घिमिरेले भने ।

मन्त्री महासेठलाई उनले शून्यतामा बाँचेको मान्छे भनेर समेत टिप्पणी गरे ।

उनले भनेका छन्, ‘लाज हुन्छ, शरम हुन्छ, धर्म हुन्छ, म राष्ट्रको मन्त्री हुँ भन्ने गर्व हुन्छ मान्छेलाई । कतै पनि केही नभएको शून्यतामा बाँचेको मान्छेलाई उपप्रधान र सरकारको नेतृत्व गरेर पठाउने नेकपा एमालेलाई मेरो हार्दिक बधाई छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?