+
+

घोङ्हीको व्यापारबाट मासिक ३० हजार कमाउँछिन् रिता मुखिया

रासस रासस
२०८१ असार ५ गते १६:२३

५ असार, सुनसरी। सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मा घोङ्हीको व्यापार गर्दै गर्दा भेटिएका रिता मुखिया घोङ्हीको व्यापारबाट राम्रै आम्दानी गरिरहेकी छिन् ।

उनले सुनसरीको झुम्का, बराहक्षेत्र, कालाबन्जर लगायतका हतियामा घोङ्हीको व्यापार गर्दै आएकी छिन्।  मुखियाले आफैले खोलाबाट घोङ्ही खोजेर ल्याई हतिया बजारमा व्यापार गर्दै आएको बताइन् । मेहनत अनुसारको राम्रै आम्दानीसँगै सहज पनि भएको उनको भनाइ छ ।

उनले विगत एक वर्षदेखि हटिया बजारमा घोङ्हीको व्यापार गर्दै आएकी छिन् । उनका लागि भने अहिले सुनसरीका झुम्का, कालाबन्जरका हटियाबजार भने घोङ्हीको व्यापार गर्ने थलो नै बनेका छन् । उनले घोङ्ही जताततै नपाउने भएकाले खोलाबाट खोजेर घरमा ल्याएपछि परिवारसहित मिलेर घोङ्हीलाई पखालेर सफा बनाएपछि स्थानीय हाटबजारमा बिक्री गर्ने गरेको बताइन् ।

घोङ्हीको व्यापारबाट उनले मासिक  २५ देखि ३० हजारसम्म रुपैयाँ आम्दानी हुँदै आएको जानकारी दिइन् ।

आफूले खोलाबाट खोजेर ल्याई बिक्री गर्दै आएको घोङ्ही किन्न भने बराह क्षेत्र नगरपालिकालगायत झुम्का कालाबन्जरका ठाउँबाट किन्न आउने ग्राहकको घुइँचो नै लाग्ने गरेको उनी सुनाउँछिन् ।

उनले घोङ्ही प्रतिकिलो एक सय रुपैयाँमा बिक्री गर्दै आएकी छिन् । उनले दैनिक रुपमा १२ देखि १५ किलोसम्म बिक्री गर्दै आएकी छिन् । उनले यहीँबाट परिवारका लागि खर्चसमेत जुटाउँदै आएको बताइन् ।

उनले भनिन्, ‘घोङ्हीमा भिटामिन पाइने हुनाले रुघा र चिसो लागेको बेला यसलाई सफा पानीले धोएर पकाएर रस पिउँदा स्वादिलो हुनका साथ रुघा र चिसो पनि ठिक हुने भएकाले धेरैजसो मानिसले घोङ्ही खाने गरेका छन् ।’

गर्मी महिनाभन्दा जाडोमा घोङ्हीको व्यापार राम्रो हुने गरेको मुखियाले बताइन् । जाडो महिनामा घोङ्ही बाहिर निस्किने भएकाले पुसको सुरुवातदेखि माघ–फागुनसम्म राम्रो व्यापार हुने गरेको उनको बुझाइ छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?