+
+

कांग्रेसले बोलायो संसदीय दलको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ५ गते १६:०२

५ असार, काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।

संसदीय दल कार्यसमितिको बैठक शुक्रबार दिउँसो २ बजे बोलाइएको छ । संसदीय दलको बैठक सोही दिन ३ बजे बस्ने गरी बोलाइएको कांग्रेसले जनाएको छ ।

संसदीय दल कार्यसमितिको बैठक संघीय संसद भवनमा रहेको कांग्रेस संसदीय दलका नेता शेरबहादर देउवाको कार्यकक्षमा बस्नेछ भने संसदीय दलको बैठक संसद भवनमा रहेको लोत्से हलमा बस्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?