
५ असार, काठमाडौ । ललितपुर महानगरपालिकाले विधुतीय सवारीसाधन (ईभी) प्रयोग गर्ने महानगरवासीलाई सम्पत्ति करमा छुट दिने भएको छ ।
आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रममा ललितपुर महानगरले वायुप्रदूषण न्यूनीकरण गर्ने उद्देश्य सहित ईभी प्रयोगमा प्रोत्साहन दिन यस्तो नीति लिएको जनाएको छ ।
विद्युतीय सवारीसाधन प्रयोग गर्ने ललितपुर महानगरवासीले सम्पति कर छुट माग गरेमा ५ प्रतिशत सम्पति कर छुट दिइने उल्लेख छ ।
महानगरका सवारी साधनमा समेत यो नीति लागु गर्न आवश्यक व्यवस्था गरिने महानगरको नीति तथा कार्यक्रममा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4