
५ असार, काठमाडौं । बुधबार प्रतिनिधि सभाको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथि छलफल चलिरहेको छ । तर नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले अर्को मन्त्रालयको बजेटबारे टिप्पणी गरे ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले असमान रूपमा योजना र बजेट विनियोजन गरेको भन्दै चर्को अलोचना गरेपछि सभाध्यक्ष गरिरहेकी उपसभामुख इन्दिरा रानाले सम्बन्धित मन्त्रालयमा केन्द्रित हुन् आग्रह गरिन् ।
उपसभामुख रानाले भनिन्, ‘माननीय सदस्य खेलकुद मन्त्रालयमा केन्द्रित हुन अनुरोध गर्दछु ।’
सांसद घिमिरेले जवाफ फर्काए, ‘अरू बेला बोल्न पाइन्न । बोल्ने भनेकै यस्तै बेलामा हो ।’
भौतिक पूर्वाधार मन्त्रालयको बजेटमाथि मंगलबार छलफल थियो । सांसदहरू मन्त्रीहरूले असमान रूपमा योजना छनोट गरेको भनेर अन्य मन्त्रालयको बजेटका विषयमा समेत बोलिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4