+
+

आमिर खानका छोराको ओटीटी डेब्यु फिल्म ‘महाराज’लाई लिएर किन भइरहेछ विरोध ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ५ गते १६:३५

काठमाडौं । ओटीटी प्लाटफर्म नेटफ्लिक्समा आमिर खानका छोरा जुनैद खानको डेब्यु फिल्म ‘महाराज’को विवाद कम हुने संकेत देखिएको छैन । प्रहरीमा उजुरी दर्ता भएको छ भने गुजरातको बडोदराका बासिन्दाले फिल्मविरुद्ध विरोध र्‍याली निकालेका छन् । फिल्मले भगवान् श्रीकृष्णका भक्त र बल्लभाचार्य पन्तका बासिन्दालाई चोट पुर्‍याएको उनीहरुको आरोप छ ।

फिल्मलाई लिएर भारतलगायत धेरै देशमा रहेका वैष्णव समुदायले विरोध गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ओटीटी प्लाटफर्मलाई सरकारको नियन्त्रणमा ल्याउन माग गर्दै बडोदराका प्रदर्शनकारीले जिल्ला कलेक्टरलाई निवेदन दिएका छन् भने फिल्म ‘महाराज’लाई प्रतिबन्ध लगाउन माग गरेका छन् ।

‘महाराज’ गत जुन १४ मा रिलिज हुने तय थियो तर सामाजिक सञ्जालमा बहिष्कारको माग उठेपछि मुद्दा अदालतसम्म पुगेको हो । मुद्दा सुनुवाइका क्रममा छ ।

जुनैद खान र अभिनेता जयदीप अहलावतको फिल्म ‘महाराज’को कथा सन् १८६२ को मानहानि मुद्दाको कथामा आधारित छ । भारतीय कानुनको इतिहासमा यो मुद्दाले गहिरो प्रभाव पारेको छ । यस फिल्ममा जुनैदले महिला अधिकार र सामाजिक सुधारका लागि आवाज उठाउने पत्रकार तथा समाज सुधारक करसनदास मूलजीको भूमिका निर्वाह गरेका छन् ।

यसअघि फिल्मको पोस्टर आएपछि पनि विवादमा परेको थियो । वास्तवमा पोस्टरमा जुनैदको निधारमा कुनै तिलक देखिएन, त्यसपछि मानिसले दाबी गरे करसनदास मूलजीले निधारमा तिलक लगाउने गर्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?