+
+

ललितपुरको नीति तथा कार्यक्रम : पोखरीहरूमा कमलको फूल फूलाउने योजना (पूर्णपाठ सहित)

मेयर चिरीबाबु महर्जनले २१ वटा सुविधा सहितको ‘एलएमसी अलर्ट एप्स’ सञ्चालनका साथै ‘सुन्दर ललितपुर नगरी ‘घरघरमा नगर प्रहरी’ परिचालन गरी नगरवासीको गुनासो व्यवस्थापन गरिएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ५ गते १६:५५

५ असार, काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

ललितपुरका मेयर चिरीबाबु महर्जनले बुधबार पाँचौं नगरसभामा आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

मेयर महर्जनले लामो समयदेखि अलमलमा रहेको स्वास्थ्य बिमा कार्यक्रम यसै वर्षदेखि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा व्यवस्थित रूपमा सुरुवात गरिएको र यसबाट नगरवासीलाई हुने स्वास्थ्य उपचारको आर्थिक भार धेरै हदसम्म न्यूनीकरण हुने बताए ।

यसैगरी २१ वटा सुविधा सहितको ‘एलएमसी अलर्ट एप्स’ सञ्चालनका साथै ‘सुन्दर ललितपुर नगरी : घरघरमा नगर प्रहरी’ परिचालन गरी नगरवासीको गुनासो व्यवस्थापन गरिएको र यसबाट हाल गुनासोको मात्रा धेरै हदसम्म घट्नुका साथै यसरी गरिएको परिचालनबाट राजस्व संकलनमा समेत उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको उनले बताए ।

ललितपुर कुसुन्तीमा अपाङ्गतामैत्री हुने गरी लिफ्ट सहितको आकासे पुल निर्माण कार्य सुरु गरिएको र सम्भवतः नेपालमा नै यो स्तरको आकासे पुल पहिलो भएको मेयर महर्जनको भनाइ छ ।

उनका अनुसार सप्तपाताल पोखरी र पलेस्वा पोखरीमा कमलको फूल फूलाउने योजनासाथ निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ ।

त्यस्तै काठमाडौंका सबै स्थानीय तहको मुख्य समस्याका रूपमा रहेको फोहोर विसर्जनलाई उपत्यका मेयर्स फोरमको अध्यक्षको हैसियतले संघीय सरकार र प्रदेश सरकारसँग निरन्तर संवादमा रही समस्याको अल्पकालीन, मध्यमकालीन र दीर्र्घकालीन निराकरणका लागि भगिरथ प्रयत्न गरिरहेको उनले दाबी गरे ।

त्यस्तै नगरवासीलाई शुद्ध पिउने पानी उपलब्ध गराउन मेलम्चीमा मात्र भर नपरी स्थानीय स्रोत पहिचान तथा सर्वेक्षण लगायत काम निरन्तर भइरहेको महर्जनले बताए । महानगरको पहलमा मकवानपुर सिस्नेरी खानेपानी योजना हालै नेपाल लगानी सम्मेलनमा शोकेस योजनाका रूपमा प्रस्तुत भएको थियो ।

प्रस्तुत छ मेयर महर्जनले प्रस्तुत गरेको आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रमको पूर्णपाठ :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?