+
+

धितोपत्र बोर्ड अध्यक्ष सिफारिसबारे महान्यायाधिवक्ताको लिखित सुझाव मागिने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ५ गते १६:५८

५ असार, काठमाडौं । धितोपत्र बोर्ड अध्यक्ष सिफारिसबारे गठित समितिले महान्यायाधिवक्ता कार्यालयबाट लिखित सुझाव माग गर्ने निर्णय गरेको छ ।

समितिको बैठकले महान्यायाधिवक्ता कार्यालयबाट अध्यक्ष सिफारिसबारे लिखित सुझाव माग गर्ने निर्णय गरेको हो । ‘महान्यायाधिवक्ताबाट जेजस्तो सुझाव आउँछ सोअनुसार प्रक्रिया अघि बढाउने निर्णय भएको छ’ स्रोतले भन्यो ।

प्रक्रिया नै रद्द गरेर नयाँ थाल्ने वा दुई जनाको नाम सिफारिस गर्ने वा अंकका आधारमा ३ जनाको नाम सिफारिस गर्नेबारे महान्यायाधिवक्ताको कार्यालयले दिएको सुझावअनुसार समितिले निर्णय गर्नेछ ।

अध्यक्षका लागि सर्टलिस्टमा परेका ३ उम्मेदवारले कार्यप्रस्तुती तथा अन्तर्वार्ता नै नदिएपछि सिफारिस समिति अन्योलमा परेको हो । बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्नैपर्ने धितोपत्र सम्बन्धी ऐनमा उल्लेख छ ।

ऐनको दफा ७ को उपदफा ४ मा भनिएको छ, ‘समितिले नाम सिफारिस गर्दा यस ऐनबमोजिम योग्यता पुगेका कम्तीमा तीनजना व्यक्तिको नाम सिफारिस गर्नेछ ।’

सर्टलिस्टमा परेका अध्यक्षका उम्मेदवार सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले आइतबार कार्यायोजना प्रस्तुती तथा अन्तर्वार्ता दिए पनि बाँकी ३ जना बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका सीईओ कृष्णबहादुर कार्की र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं अनुपस्थित भए । ती ३ जनालाई बुधबारका लागि पुनः बोलाइयो । बुधबार पनि तीनै जना अनुपस्थित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?