+
+

‘छक्कापञ्जा ३’ बन्यो युट्युबमा धेरै हेरिने नेपाली फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ५ गते १७:२९

काठमाडौं । ‘छक्कापञ्जा ३’ युट्युबमा सबैभन्दा धेरैपटक हेरिने नेपाली फिल्म बनेको छ । बुधबार अपरान्हसम्म यसलाई ३ करोड ५१ लाख पटक हेरिएको छ । दीपाश्री निरौला निर्देशित यो फिल्ममा दीपकराज गिरी र दीपिका प्रसाईंको शीर्ष भूमिका छ । यो फिल्मले गाउँको विद्यालयमा शैक्षिक सुधारको कथा भन्छ ।

युट्युबमा धेरै हेरिने नेपाली फिल्मको रेकर्ड राखेपछि अभिनेता तथा फिल्म लेखक दीपकराज गिरीले साना-साना कुराले नै काम गर्न जाँगर दिने भन्दै खुसी व्यक्त गरेका छन् ।

यतिबेला ‘छक्कापञ्जा ५’ को छायांकन चलिरहेको छ । काभ्रेको विभिन्न स्थानमा छायांकन भइरहेको यो फिल्ममा दीपक र वर्षा सिवाकोटीको शीर्ष भूमिका छ । पाँचौं श्रृंखलाको रिलिज दशैं छेको अर्थात् २४ असोजमा गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?