+
+

सांसदहरुले निरन्तर दबाब दिए सरकारले स्वास्थ्य जनशक्ति थप गर्नसक्छ : स्वास्थ्यमन्त्री यादव

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ५ गते १७:५३

५ असार, काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि प्रक्रिया अघि बढाइएको बताएका छन् ।

बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा संसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।

उनले जनशक्ति थप गर्नका लागि आफूले अर्थ मन्त्रालयमा दरबन्दी बढाउने गरी संगठन तथा व्यवस्थापन सर्भेक्षण (ओएनएम)को कामलाई अघि बढाएको बताए ।

उनले भने, ‘मैले मन्त्री भएकै दिन स्वास्थ्य जनशक्ति थप्नुपर्छ भनेर निर्णय गरेँ । र त्यसको लागि प्रक्रियाहरु अगाडि बढाएका छौं । अर्थ मन्त्रालयलाई ओएनएमका लागि हामीले प्रक्रिया अघि बढाई सकेका छौं। मलाई लाग्छ–माननीयजीहरुको दबाब र समग्र माननीयजीहरुको चाहना अनुरुप यो प्रक्रिया सरकारले अगाडि बढाउँछ भन्ने मैले विश्वास लिएको छु ।’

मन्त्री यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि सांसदहरुको दबाब आवश्यक रहेको पनि बताए ।

मन्त्री यादवले सरकारी अस्पतालहरुमा सहज र सुलभ गुणस्तरीय सेवाका लागि आफूले अनुगमनको कामलाई कडाइका साथ अघि बढाएको दाबी समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?