+
+

कर्मचारीको ‘ब्ल्याक आउट’ले प्रतिनिधि सभाको बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ५ गते १८:०३

५ असार, काठमाडौं । संसद् सचिवालयका कर्मचारीहरूको ‘ब्ल्याक आउट’ले प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीले बजेटमा उठेका प्रश्नको जवाफ दिइसकेपछि सांसदहरूले पुरक प्रश्न गर्न थालेपछि प्राविधिक कर्मचारीहरूले सभामुखलाई मात्रै देखाएर युट्युबटमा प्रत्यक्ष प्रसारण गरेका थिए ।

आफूहरूलाई प्रश्न सोध्न दिइएको तर प्रत्यक्ष प्रसारणमा सभामुखलाई मात्रै देखाइएको भन्दै सांसदहरूले विरोध गरे ।

‘ब्ल्याक आउटमा सदन नचलाऔं’ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भने ।

त्यसपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रीले जवाफ दिएर पुरक प्रश्न लिएपछि त्यसको जवाफ दिन नपाउँदै सभामुखले सभाको बैठक स्थगित गरिदिएका हुन् ।

प्रतिनिधि सभाको अर्को बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

संसद् सचिवालयका कर्मचारीहरू तलब भत्ता, आवास भत्ता तथा शैक्षिक भत्ता वृद्धिको माग राख्दै आन्दोलनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?