+
+

पञ्चकन्या स्टिललाई ग्रिन प्रो प्रमाणपत्र

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ५ गते १८:३८

काठमाडौं । पञ्चकन्या स्टिल प्रालिले प्रतिष्ठित ग्रिन प्रो प्रमाणपत्र प्राप्त गरेको छ ।

५०० एक्सडी र ५५० एक्सडी रिबार (फलामे छड) हरूले सो प्रमाणपत्र प्राप्त गरेको कम्पनीले जनाएको छ ।

कम्पनीको वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टता प्रतिको प्रतिबद्धताको एक महत्त्वपूर्ण उपलब्धि भएको कम्पनीले दाबी गरेको छ ।

कम्पनीलाई सो प्रमाणपत्र कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री सीआईआई सोराभजी गोदरेज ग्रिन बिजनेस सेन्टरले प्रदान गरेको हो ।

कम्पनीका अनुसार ग्रिन प्रो प्रमाणपत्रले वातावरणीय प्रदूषणका लागि कडा मापदण्डहरू पूरा गर्ने उत्पादनहरूलाई मान्यता दिन्छ ।

यो प्रमाणपत्र प्राप्तसँगै पञ्चकन्या स्टिलको उच्च गुणस्तर र पर्यावरणमैत्री सामग्रीहरू उत्पादन गर्ने प्रतिबद्धतालाई अझ उजागर गरेको कम्पनीको भनाइ छ ।

ग्रिन प्रो इकोलेबललाई ग्लोबल इकोलेबलिङ नेटवर्क (जीईएन) द्वारा जेनिसेसको अन्तर्देशीय रूपमा समन्वित इकोलेबलिङ प्रणाली मार्फत मान्यता प्राप्त छ ।

ग्रिन प्रो प्रमाणपत्र प्राप्त स्टिल रिबारहरूले प्रयोगकर्ताहरूका लागि महत्वपूर्ण फाइदाहरू ल्याउँछन् । यी रिबारहरूले हरित भवन प्रमाणपत्रहरू प्राप्त गर्न मान्यता र ख्याति प्राप्त हुन्छ, स्रोतको खपत घटाएर उत्पादनमा सुधार गर्दछ र विषाक्त पदार्थहरू हटाएर सुरक्षालाई सुनिश्चित गर्दछ ।

संरचनात्मक डिजाइनरहरूका लागि यी उच्च गुणस्तरका फिलामे डन्डीहरूले राम्रो डिजाइनलाई समर्थन गर्दछ, टिकाउपना बढाउँछ, विश्वास जगाउँछ र निर्माण लागत तथा प्रभावकारिता र निर्माणको गति बढाउँछ ।

निर्माताहरूका लागि ग्रिन प्रो प्रमाणपत्रले उत्पादनलाई प्रतिस्पर्धीहरूबाट फरक पार्दछ, नवप्रवर्तनलाई प्रोत्साहित गर्दछ, स्रोत संरक्षण बढाउँछ र वातावरणीय उत्कृष्टता कायम गर्दछ ।

पञ्चकन्या स्टिलको ५०० एक्सडी र ५५० एक्सडी रिबारहरू भैरहवामा निर्माण हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?