+
+

बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ५ गते १८:१८

५ असार, काठमाडौं । बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब तरलता खिच्ने भएको छ । आर्थिक वर्षको अन्तिममा सरकारले बढाएका खर्चसँगै निक्षेप लगातार बढ्ने तर, कर्जा विस्तार नहुँदा बैंकहरू अधिक तरलताको दबाबमा छन् ।

अधिक तरलताको दबाब हुँदा राष्ट्र बैंकले विभिन्न औजार मार्फत तरलतना खिचिरहेको छ । सातामा २ पटक स्थायी निक्षेप सुविधाको व्यवस्था गर्दा पनि अन्तरबैंक ब्याजदर करिडोरको सीमाभित्र राख्न समस्या भएपनि निक्षेप संकलन उपकरण मार्फत पनि तरलता खिचिरहेको छ ।

बिहीबार पनि निक्षेप संकलन उपकरण मार्फत ५० अर्ब तरलता खिच्ने भएको हो । नेपाल राष्ट्र बैंकको ५ असारसम्मको तथ्यांकअनुसार बैंकिङ प्रणालीबाट खिचेको अधिक तरलता राष्ट्र बैंकसँग १ खर्ब ८३ अर्ब ७० करोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?