+
+

कोशी प्रदेश : बजेट माथिको छलफलमा कांग्रेस र राप्रपाको बहिष्कार

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ५ गते १९:५८

५ असार, विराटनगर । नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेशको बजेट माथिको छलफल बहिष्कार गरेका छन् ।

बजेट विनियोजन अव्यावहारिक भएको गुनासो गर्दै दुई दलले बुधबारको बैठक बहिष्कार गरेका हुन् । बुधबारको बैठकमा आर्थिक विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो । तर कांग्रेस र राप्रपा सांसदले बहिष्कार गरेपछि बिहीबार ११ बजेसम्मका लागि स्थगित भएको हो ।

बुधबारको बैठक सुरु भएलगत्तै कांग्रेस प्रमुख सचेतक गोपाल तामाङ, राप्रपा सांसद सविना बजगाईंले उठेर बजेट मुख्यमन्त्री र मन्त्रीको क्षेत्रमा मात्रै सीमित हुनु आपत्तिजनक रहेको बताएका थिए ।

दुई दलले बहिष्कार गरेपछि सभामुख अम्बरबहादुर विष्टले बैठक केही समयका लागि स्थगित गरेका थिए । तर प्रतिपक्षी दल सहभागी नहुने भएपछि प्रदेश सभा सचिवालयले सूचना टाँसेर बैठक स्थगित भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?