+
+

एनभिडिया बन्यो विश्वको सबैभन्दा मूल्यवान कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ५ गते २०:४६

५ असार, काठमाडौँ । एनभिडिया विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । मंगलबार हालसम्मकै उच्च शेयर मूल्य कायम गर्दै एनभिडियाले माइक्रोसफ्टलाई समेत उछिनेर विश्वको सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको बीबीसीले जनाएको छ ।

विद्युतीय डिभाइसहरूमा प्रयोग हुने चिप उत्पादनकर्ता एनभिडियाको शेयर मूल्य ३.५ प्रतिशतले बढेर ३.४ ट्रिलियन (३३ खर्ब ३५ अर्ब‍) डलर पुगेको छ । माइक्रोसफ्टको कूल बजार मूल्य (पुँजीकरण) ३.३१७ ट्रिलियन (३३ खर्ब १० अर्ब) डलर छ ।

यस्तै तेस्रो नम्बरमा मूल्यवान कम्पनीका रूपमा एप्पल रहेको छ । एप्पलको कूल बजार मूल्य ३.२८ ट्रिलियन (३२ खर्ब ८० अर्ब) डलर छ । यस्तै अल्फाबेट चौथो नम्बरमा आएको छ। उसको कूल बजार मूल्य २.१७ ट्रिलियन (२८ खर्ब ९६ अर्ब) डलर छ ।

यस्तै  अमेजनको १.९० ट्रिलियन,  साउदी आरामकोको १.७९ ट्रिलियन,  मेटाको १.२७ ट्रिलियन,  बीआरके डट बीको ८८०.९४ बिलियन डलर कुल पुजी रहेको छ । यसैतै  इली लिलीको ८४७.२५ बिलियन डलर र ब्रोडकमको ८३९ बिलियन डलर कुल पुजी रहेको बीबीसीले उल्लेख गरेको छ ।

एनभिडियाले आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी सफ्टवेयरलाई आवश्यक कम्प्युटर चिप उत्पादन गर्दै आएको छ । पछिल्लो समय एआईको तरंगसँगै एनभिडियाका प्रोडक्टको माग ह्वात्तै बढेको छ । बीबीसीका अनुसार एनभिडियाको आय थप बढ्ने कतिपय लगानीकर्ताहरूको विश्वास छ ।

माइक्रोसफ्ट, अल्फाबेट (गुगल), मेटा, एप्पलजस्ता ठूला प्रविधि कम्पनीहरूबीच एआई प्रविधिमा प्रतिस्पर्धा बढिरहेकाले यसको फाइदा आगामी दिनमा एनभिडियालाई पुग्ने देखिएको छ ।

एआई चिप मार्केटमा प्रभुत्व कायम गरि आएको एनभिडिया वाल स्ट्रिटमा सर्वाधिक कारोबार हुने कम्पनीका रूपमा रहेको छ । यसको दैनिक कारोबार औसतमा ५० अर्ब डलर रहेको रोयटर्सले जनाएको छ ।

माइक्रोसफ्ट, एप्पल र टेस्लाको दैनिक कारोबार करिब १० अर्ब डलर रहँदै आएको छ । यो वर्ष मात्रै एनभिडियाको शेयर लगभग तीन गुणाले वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?