+
+

डिकक लयमा फर्किदा दक्षिण अफ्रिकाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ५ गते २१:५४

५ असार, काठमाडौं – ओपनर क्विन्टन डि कक आफ्नो लयमा फर्किदै अर्धशतक प्रहार गरेपछि दक्षिण अफ्रिकाले आईसीसी टी२० विश्वकप २०२४ को पहिलो सुपर-८ खेलमा अमेरिकालाई १९५ रनको लक्ष्य दिएको छ ।

सर भिभियन रिचर्ड्स रंगशाला नर्थ साउण्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा ४ विकेट गुमाउँदै १९४ रन बनायो । डि ककले ४० बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ७४ रन बनाए । जारी विश्वकपमा डि कको यो पहिलो अर्धशतक हो । समूह चरणको चारै खेलमा डि ककले राम्रो प्रदर्शन गर्न सकेका थिएनन् ।

कप्तान एडेन माक्ररम ३२ बलमा ४ चौका र १ छक्कासहित ४६ रनमा आउट भए । ओपनर रिजा हेन्ड्रिक्स टप एज लागेर मिडअफमा क्याच आउट हुँदा दक्षिण अफ्रिका २.४ ओभरमा १६-१ को अवस्थामा थियो । दोस्रो विकेटका लागि डिकक र माक्ररमले ११० रनको शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।

डिकक स्पिनर हरमीत सिंहको फुलटस बलमा शयान जहाजिंगरको बलमा क्याच आउट भएका थिए । लगत्तै डेविड मिलर शून्यमा कट एण्ड बोल्ड आउट भए । हेनरिक क्लासेन २२ बलमा ३ छक्कासहित ३६ रनमा नट आउट रहे । ट्रिस्टन स्टब्स १६ बलमा २ चौकासहित २० रनमा नट आउट रहे ।

अमेरिकाका हरमीत सिंहले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । सौरभ नेत्रवालकरले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?