+
+

बैतडीमा ट्रक चालकको हत्या अभियोगमा शिक्षिकासहित ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ६ गते ६:१७

६ असार, धनगढी । बैतडीको पाटन नगरपालिका-६ का ट्रक चालक ५१ वर्षीय वीरभान बिष्टको हत्या अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

यही असार १ गते रातिदेखि बेपत्ता भएका बिष्टको शव सोमबार स्थानीय घाङ्ल खोलामा हत्या गरिएको अवस्थामा फेला परेको थियो ।

उनको हत्या अभियोगमा प्रहरीले पाटन नगरपालिका-६ की ३६ वर्षीया भागरथी बिष्ट, ३८ वर्षीय भरतमोहन बिष्ट, पुन्टु भनिने २६ वर्षीय आशिष पहरी, पाटन नगरपालिका-१ का १९ वर्षीय राजेन्द्र भट्टराई र १७ वर्षीय किशोर भट्टराईलाई पक्राउ गरिएको बैतडीका डीएसपी दिपक गिरीले जानकारी दिए ।

प्रारिम्भक अनुसन्धानका क्रममा बिष्टको शिक्षिका समेत रहेकी भागरथी बिष्टको घरमा हत्या भएको खुलेको उनको भनाइ छ ।

असार १ गते राति बिष्टको हत्या गरी दोस्रो दिन राति प्लाष्टिकमा बेरेर खोलामा शव फालेको पाइएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका ध्ये शिक्षिक बिष्टसहितका चार जना घटनामा प्रत्यक्ष संलग्न रहेको खुलेको छ । अर्का आरोपी भरतमोहन बिष्ट मुख्य अभियुक्त भागरथीका नातेदार भएकाले अप्रत्यक्ष रुपमा घटनामा सघाएको आशंका गरिएको छ । तर, मृतकका परिवारले उनका नाममा समेत किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

मृतक बिष्ट नातामा हाल प्रहरी हिरासतमा रहेकी भागरथी बिष्टका कान्छा ससुरा पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?