+

हुम्लाको २९१० मिटर उचाइमा खेलियो हक्की

२०८१ असार  ६ गते ६:२८ २०८१ असार ६ गते ६:२८
हुम्लाको २९१० मिटर उचाइमा खेलियो हक्की

६ असार, हुम्ला । कर्णाली प्रदेशको हुम्ला जिल्लास्थित २९१० मिटर उचाइमा हक्की खेलिएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक डे २०२४ को अवसर पारेर हुम्ला जिल्ला हक्की संघले असार ४ र ५ गते प्रथम जिल्लास्तरीय महिला र पुरुष हक्की प्रतियोगिता आयोजना गरेको थियो ।

राजधानी काठमाडौंबाट टाढा र दुर्गम क्षेत्रमा भए पनि हुम्लामा युवा समुदायमा हक्की खेल चर्चित रहेको नेपाल हक्की संघले जनाएको छ ।

प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ ४-४ टोलीको सहभागिता थियो । पुरुषतर्फ रानी सैना हक्की क्लब, मानसरोबर हक्की क्लब, पन्चमुखी हक्की क्लब र चम्खेली हिमाल क्लब सहभागी थिए ।

जसमा रानी सैना हक्की क्लब पहिलो, पन्चमुखीहक्की क्लब दोस्रो र  चम्खेली हिमाल क्लब तेस्रो भएको हक्की संघले जनाएको छ ।

यस्तै महिलातर्फ मानसरोवर हक्की क्लब, रानिसैना हक्की क्लब, पन्चमुखी हक्की क्लब र रलिङ्गा हक्की क्लब सहभागि थिए । मानसरोबर हक्की क्लब पहिलो, रलिङ्गा हक्की क्लब दोस्रो तथा पन्चमुखी हक्की क्लब तेस्रो भयो ।

विश्वमै २९१० मिटर उचाइमा हक्की खेल खेलिएको सम्भवत यो पहिलो भएको एसिया हक्की संघ र नेपाल हक्की संघले जनाएको छ ।

यो प्रतियोगितामा नेपाल हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्मा, हक्की मुख्य प्रशिक्षक बिजयन्त शर्मा र हक्की प्रशिक्षक रन्जन थापालाइ सम्मान गरिएको थियो ।

हक्की हुम्ला
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय