+

लगातार दोस्रो खेल जित्दै जर्मनी अन्तिम १६ मा

२०८१ असार  ६ गते ७:२७ २०८१ असार ६ गते ७:२७
लगातार दोस्रो खेल जित्दै जर्मनी अन्तिम १६ मा

६ असार, काठमाडौं । आयोजकले जर्मनीले लगातार दोस्रो खेल खेल्दै युरो २०२४ को अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

समूह ‘ए’अन्तर्गत बुधबार भएको खेलमा हंगेरीलाई २-० ले पराजित गर्द जर्मनी नकआउट चरण पुग्ने पहिलो टोली बनेको छ ।

दुई खेलबाट ६ अंकसहित जर्मनी समूह ‘ए’ को शीर्ष स्थानमा छ ।

स्टुटगार्ड एरेनामा भएको खेलमा जमाल मुसिएलाले २२औं मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि कप्तान इल्के गुन्डागोनले ६७औं मिनेटमा जर्मनीका लागि दोस्रो गोल गरे ।

जर्मनीले समूहको पहिलो खेलमा स्कटल्याण्डलनाई ५-१ ले पराजित गरेको थियो ।

अब समूह को अन्तिम खेलमा जर्मनीले स्विट्जरल्याण्डसँग खेल्नेछ ।

फोटो : यूइएफए

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय