+
+

वेस्ट इन्डिजले दियो इंग्ल्यान्डलाई १८१ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ६ गते ८:०१

६ असार, काठमाडौं । टी-२० विश्वकप २०२४ को सुपर-८ अन्तर्गत आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई १८१ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४ विकेटको क्षतिमा १८० रन बनाएको हो ।

वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले ३८, किकोलस पुरन र रोभम्यान पावेलले ३६/३६ रन बनाए भने ब्रेन्डन किङ २३ रनमा रिटार्यड हर्ट भए ।

यस्तै, शेरफेन रदरफोर्ड २८ र रोमारियो शेफर्ड ५ रनमा अविजित रहे ।

इंग्ल्यान्डका जोफ्रा आर्चर, अदिल राशिद, मोइन अली र लियाम लिभिङस्टोनले एक/एक विकेट लिए ।

वेस्ट इन्डिज समूह चरणमा सबै चार खेलमा अपराजित हुँदै सुपर-८ मा आइपुगेको हो ।

वेस्ट इन्डिज सुपर-८ मा समूहर २ मा रहेको छ । यो समूहमा इंग्ल्यान्डका साथै अमेरिका र साउथ अफ्रिका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?