+
+

श्री एयरलाइन्सले आज काठमाडौं-भरतपुर परीक्षण उडान गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ६ गते ८:२४
फाइल तस्वीर ।

६ असार, चितवन । श्री एयरलाइन्सले आज काठमाडौं-भरतपुर परीक्षण उडान गर्ने भएको छ ।

प्राविधिकहरुसहित परीक्षण उडान गर्न लागिएको भरतपुर विमानस्थल निमित्त प्रमुख दिपक विकले जानकारी दिए । कम्पनीको क्यू ४०० सिरिजको जेठ इन्जिन जहाज भरतपुर आउँदैछ ।

परीक्षण उडानको औपचारिक रुपमा उद्घाटन गर्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि भरतपुर आउँदै छन् । श्रीले केही दिन अगाडि भरतपुरमा उडानका लागि नेपाल नागरिक उड्ययन प्राधिकरणबाट अनुमति मागेको थियो ।

श्रीको ८० सिट क्षमताको जहाज भरतपुर आउन लागेको हो । अहिले भरतपुरबाट बुद्ध एयरको ४२ सिटे जहाज मात्रै उड्ने गर्दछन् ।

भरतपुर विमानस्थल प्रमुख विकका अनुसार अहिले ८० सिटको जहाजको उडान परीक्षण हुने र कति यात्रु बोक्छ भन्ने कुरा हेर्न खोजिएको बताए ।

भरतपुर विमानस्थलको रनवे छोटो भएको कारणले ७२ सिटे एटिआर जहाज आउन सकेका थिएनन् । तर, श्री एयरलाइन्सको जहाज भने छोटो रनवेमा पनि अवतरण गर्न सक्छ ।

श्री एयरलाइन्सले नियमित रुपमा भरतपुरमा उडान भरेमा हवाईखभाडा घट्ने विश्वास लिइएको छ । बुद्ध एयरले भरतपुरबाट अर्को वर्षबाट ४२ सिटे जहाज हटाउँदैछ ।

बुद्धले विमान हटाएपछि भरतपुर-काठमाडौं विमान नै नहुने हो कि भन्ने चिन्ता थियो । ठुला जहाज आउन नसकेको भन्दैं भरतपुर विमानस्थलको रनवे विस्तारको प्रक्रिया अगाडि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?