+

वेस्ट इन्डिजमाथि इंग्ल्यान्डको सहज जीत

२०८१ असार  ६ गते ९:३९ २०८१ असार ६ गते ९:३९
वेस्ट इन्डिजमाथि इंग्ल्यान्डको सहज जीत

६ असार, काठमाडौं । टी-२० विश्वकप २०२४ को सुपर-८ अन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई ८ विकेले पराजित गरेको छ ।

वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्य इंग्ल्यान्डले २ विकेटको क्षतिमा १७.३ ओभरमा पूरा गरेको हो ।

लक्ष्य भेटाउने क्रममा ओपनर फिल साल्टले ८७ र जोनी बेयरस्टोले ४८ रनको अविजित पारी खेले । जस बटलरले २५ र मोइन अलीले १३ रनको योगदान गरे ।

वेस्ट इन्डिजका आन्द्रे रसेल र रोस्टन चेशले एक/एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४ विकेटको क्षतिमा १८० रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले ३८, किकोलस पुरन र रोभम्यान पावेलले ३६/३६ रन बनाए भने ब्रेन्डन किङ २३ रनमा रिटार्यड हर्ट भए । यस्तै, शेरफेन रदरफोर्ड २८ र रोमारियो शेफर्ड ५ रनमा अविजित रहे ।

इंग्ल्यान्डका जोफ्रा आर्चर, अदिल राशिद, मोइन अली र लियाम लिभिङस्टोनले एक/एक विकेट लिए ।

वेस्ट इन्डिजको जारी विश्वकपमा पहिलो हार हो । समूह चरणमा सबै चार खेलमा अपराजित हुँदै सुपर-८ मा आइपुगेको थियो ।

इंग्ल्यान्ड र वेस्ट इन्डिज सुपर-८ को समूहर २ मा छन् । यो समूहमा अरु दुई टोली अमेरिका र साउथ अफ्रिका  रहेका छन् ।

टी-२० विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय