+
+

जीबी राई मलेसियामा भएको पत्ता लागिसक्यो : गृहमन्त्री रवि लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ६ गते ११:२४

६, असार, चितवन । दर्जनभन्दा बढी सहकारी ठगीको आरोप लागेका जीबी राई मलेसियामा भएको पत्ता लागेको गृहमन्त्री रवि लामिछानेले बताएका छन् ।

श्री एयरलाइन्सको परीक्षण उडानका लागि भरतपुर आएका लामिछानेले पत्रकारसँग कुराकानी गर्दै राईको लोकेसन पत्ता लागेको र उनलाई नेपाल ल्याउने विषयमा पहल थालिएको बताए । मन्त्री लामिछानेले राईको मलेसियास्थित लोकेसन कन्फर्म गरिएको दाबी गरे ।

‘उनी कहाँ छन् भन्ने कुरा जानकारी भइसक्यो,’ गृहमन्त्री लामिछानेले भने, ‘मलेसियाको गृहमन्त्रीसँग पनि मेरो कुराकानी भएको छ ।’

राई ग्लालेक्सी टिभीको अध्यक्ष रहँदा लामिछाने प्रवन्ध निर्देशक भएर काम गरेका थिए । सहकारी ठगीको मुद्दामा राईसँगै लामिछाने पनि आलोचित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?