+
+

छोरी सोनाक्षीको बिहेमा सहभागी नहुने भन्ने खबरबारे शत्रुघ्न सिन्हाले के भने ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ६ गते ११:३९
छोरी सोनाक्षीसँग शत्रुघ्न सिन्हा

काठमाडौं । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र जहीर इकबालको विवाह नजिकिंदैछ । २३ जुनमा उनीहरुले विवाह गर्ने खबर फैलिएसँगै विभिन्न चर्चा भइरहेको छ ।

विवाहलाई लिएर सोनाक्षीको परिवार खासगरी बुवा शत्रुघ्न सिन्हा खुसी नभएको समाचारहरु आइरहेका थिए । तर हालै सोनाक्षीका काका पहलाज निहलानीले शत्रुघ्न सिन्हा विवाहमा सहभागी हुने कुराको पुष्टि गरेका छन् । सञ्चारमाध्यममा आएका समाचारबारे प्रतिक्रिया दिंदै शत्रुघ्न सिन्हाले छोरीको विवाहमा आफू सहभागी हुने बताएको पहलाजले बताएका छन् ।

जुमलाई दिएको अन्तर्वार्तामा अभिनेता तथा लोकसभा सांसद समेत रहेका शत्रुघ्नले भने, ‘यो कसको जीवन हो, मलाई भन्नुहोस् ? यो मेरो एक्ली छोरी सोनाक्षीको जीवन हो, जसमा मलाई धेरै गर्व छ र म उनलाई धेरै माया गर्छु । उनले मलाई आफ्नो शक्तिको स्तम्भ भन्छिन् । विवाहमा म अवश्य उपस्थित हुनेछु । म किन नहुने ? उनको खुसी मेरो खुसी हो र म पनि उनको खुसीमा खुसी छु । आफ्नो जीवनसाथी छनोट गर्ने र आफ्नो विवाहको बारेमा निर्णय गर्ने अधिकार उनैलाई छ ।’

उनले अगाडि भने, ‘म अझै पनि मुम्बईमा छु भन्ने तथ्यले देखाउँछ कि म यहाँ उनको शक्तिको स्तम्भ मात्र होइन, उनको वास्तविक कवचको रूपमा पनि छु । सोनाक्षी र जहीर आफ्नो जीवन सँगै बिताउनका लागि उत्सुक छन् ।’

यसबारे आएका समाचारहरु तथ्यहीन रहेको भन्दै शत्रुघ्नले भने, ‘म उनीहरुलाई सचेत गराउन चाहन्छु, चुप बस्नुस्, यसको तपाईंको कामसँग कुनै सम्बन्ध छैन ।’

३५ वर्षीय जहीर व्यवसायी तथा अभिनेता हुन् । उनका बुवा ज्वेलरी व्यवसायमा आवद्ध छन् । जहीरले ‘नोटबुक’बाट फिल्मी करिअर सुरु गरेका हुन् । सन् २०१४ मा रिलिज भएको सलमान खान स्टारर ‘जय हो’ मा पनि उनले अभिनय गरेका थिए ।

३७ वर्षीया सोनाक्षीको मुख्य भूमिका रहेको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’ चर्चामा छ । सञ्जयलीला भन्साली निर्देशित सिरिजमा मनिषा कोइरालाको शीर्ष भूमिका छ भने सोनाक्षीले फरीदानको भूमिकामा अभिनय गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?