+
+

साउथ फिल्ममा सन्नी देओल

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ६ गते १२:०६

काठमाडौं । बलिउड अभिनेता सन्नी देओलको पछिल्लो फिल्म ‘गदर २’ ले बक्स अफिसमा हलचल मच्चाएको थियो । हाल उनी ‘लाहोर १९४७’ को छायांकनमा व्यस्त छन् । यो फिल्म सन् २०२५ मा रिलिज हुने योजना छ ।

यसैबीच, देओलले साउथ फिल्ममा काम गर्न लागेको खबर आएको छ । अभिनेता आफैंले सामाजिक सञ्जालमार्फत तेलुगू निर्देशक गोपीचन्द मालिनेनीसँग नयाँ फिल्ममा काम गर्न लागेको जानकारी दिएका छन् ।

एन्नाउन्समेन्ट पोस्टरसँगै उनले निर्देशकको नाम र फिल्मको विवरण फ्यानसँग सेयर गरेका छन् । त्यसपछि फ्यानहरुको उत्साह हेर्नलायक छ । उनीहरुले फिल्मको प्रतीक्षामा रहेको उल्लेख गरेका छन् । फिल्मको नाममा हाललाई ‘एसडीजीएम’ राखिएको छ । फिल्मको छायांकन सेड्युल र कास्ट एन्ड क्रूको विवरण पनि छिट्टै सार्वजनिक गरिने उल्लेख छ ।

२० जुनमा इन्स्टाग्राममा एक पोस्ट सेयर गर्दै उनले लेखेका छन्, ‘गोपीचन्दद्वारा निर्देशित र माइ थ्री अफिसियल र पिपुल मिडिया फ्याक्ट्रीद्वारा निर्मित, एक्सन सुपरस्टार सन्नी देओल अभिनित देशको सबैभन्दा ठूलो एक्सन फिल्म एसडीजीएमको लागि बाटो बनाउनुहोस् । मास फेस्ट लोडिङ गर्दै । छिट्टै छायांकन सुरु हुनेछ ।’

सन्नी देओलले हालै आगामी फिल्म ‘बोर्डर २’ को पनि घोषणा गर्दै भिडियो सेयर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?