+
+

नेपाल-भारत सीमामा परिचयपत्र लागू गरौं : सांसद सुब्बा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ६ गते १२:४९

६ असार, काठमाडौं । नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले नेपाल-भारत सीमामा परिचयपत्र लागू गर्न माग गरेकी छन् ।

बिहीबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।

‘नेपाल भारत खुला सीमा भएकै कारण सीमा क्षेत्रमा अपराध बढेको छ । केही दिनदेखि तराईका जिल्लामा गोली हानेर अनाहकमा मारेको छ । लागू पदार्थको दुरुपयोग भएको छ,’ उनले भनिन् ।

यस्तो समस्या रोकथाम गर्नका लागि सरकारको योजना के छ त्यसबारे जानकारी गराउन उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग माग गरिन् ।

साथै, तत्काल सरकारले सशस्त्र प्रहरीको संख्या थपेर भएपनि सीमा क्षेत्रमा निगरानी बढाउनुपर्ने बताइन् ।

‘तत्कालै काँडेतार र पक्की वाल लगाउन नसकिएला । सशस्त्र प्रहरीको संख्या बढाएर सीमा सुरक्षा गर्न आग्रह गर्दछु,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?