+
+

‘पञ्चायत सिजन ३’ रिलिजको १४ दिनमै बन्यो सबैभन्दा धेरै हेरिने भारतीय सिरिज

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ६ गते १२:४८

काठमाडौं । प्राइम भिडियो सिरिज ‘पञ्चायत’को सिजन ३ अहिले स्ट्रिमिङ भइरहेको छ । ‘पञ्चायत’का अघिल्ला दुईवटै सिजनलाई दर्शकहरुले निकै रुचाएका थिए ।

पञ्चायत सिजन ३ मे २८ मा विश्वव्यापी रूपमा प्रिमियर भएसँगै यसको चर्चा चुलिएको छ । स्ट्रिमिङ सुरु भएको १४ दिनमा प्राइम भिडियोमा यो सबैभन्दा धेरै हेरिएको भारतीय सिरिज बनेको छ । सन् २०२० यसको पहिलो सिजन प्राइम भिडियोमा रिलिज भएसँगै दर्शकको रोजाइमा परेको थियो ।

यति मात्र होइन, सिजन २ ले २०२३ मा भारतको ५४ औं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा बेस्ट वेब सिरिज (ओटीटी) अवार्ड जित्यो । पञ्चायत सिजन ३ ले स्ट्रिमिङ सेवामा अहिलेसम्मकै सबैभन्दा ठूलो ओपनिङ गर्दै  भारत र विश्वभरका दर्शकहरूको मन जितिरहेको छ ।

आईएमडीबीमा सिरिजले तीनै सिजनमा ९.० रेटिङ पाएको छ । सरल कथा, रमाइला र हृदय छुने संवाद तथा दृश्य र उत्कृष्ट अभिनयका लागि विश्वभरका समीक्षक र दर्शकहरूबाट ‘पञ्चायत’ले प्रशंसा पाइरहेको छ ।

दीपककुमार मिश्रा निर्देशित सिरिजमा जितेन्द्र कुमार, नीना गुप्ता, रघुवीर यादव, फैसल मलिक, चन्दन रोय, दुर्गेश कुमार, पंकज झा र सान्विकाको मुख्य भूमिका रहेको छ । चन्दन कुमारको लेखन रहेको ‘पञ्चायत’लाई द भाइरल फिभरले निर्माण गरेको हो ।

पञ्चायतको नयाँ सिजन पनि फुलेरा गाउँका बासिन्दाहरुको रमाइलो कथा, हाँसो, राजनीतिक चुनौती र नोंकझोंकमा केन्द्रित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?