+
+

लुम्बिनीमा भारतीय राजदूतावासको योग दिवस

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ६ गते १२:५३

६ असार, बुटवल । बुद्धजन्मस्थल लुम्बिनीमा नेपालस्थित भारतीय राजदूतावासको आयोजनामा योग दिवस मनाइएको छ ।

दिवसलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले योग शारीरिक अभ्यास मात्र नभएर स्वास्थ्य र मानसिक शान्तिका लागि महत्वपूर्ण भएको बताए ।
योगले प्रतिरोधात्मक क्षमता र मानसिक दृढता बढाउने उनको भनाइ छ ।

कार्यक्रमले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाएको बताउँदै उनले प्रदेश सरकारको तर्फबाट भारतीय राजदूतावासलाई धन्यवाद दिए ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भगवान बुद्धको जन्मस्थस्थलमा अन्तर्राष्ट्रिय योग दिवस मनाउँदा लुम्बिनीको पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गरे ।

उनले गत वर्षदेखि लुम्बिनीमा योग दिवस मनाउन सुरु गरिएको र अब प्रत्येक वर्ष जुन २० तारिखका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाइने बताए ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले कोषले भारतीय दूतावाससँग सहकार्य गरेर कार्यक्रम गरेको बताउँदै लुम्बिनीको विश्वव्यापी प्रवर्द्धनका लागि आगामी दिनमा समेत सहकार्य गर्न इच्छुक रहेको बताए । उनले बुद्धजन्मस्थल लुम्बिनीलाई भारतीय पर्यटकहरुको मुख्य गन्तव्य बनाउनुपर्ने बताए ।

कार्यक्रम अघि नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले मायादेवी मन्दिरको दर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?