+

इंग्ल्याण्डको नजर नकआउट चरणमा, सर्विया र स्लोभेनिया पहिलो जितको खोजीमा

२०८१ असार  ६ गते १३:४८ २०८१ असार ६ गते १३:४८
इंग्ल्याण्डको नजर नकआउट चरणमा, सर्विया र स्लोभेनिया पहिलो जितको खोजीमा

६ असार, काठमाडौं । जर्मनीमा जारी युरो २०२४ अन्तर्गत आज समूह सी का दुई खेल हुँदैछन् । जसमा इंग्ल्याण्ड र डेनमार्क तथा सर्विया र स्लोभेनियाबीच हुनेछ ।

समूह डी मा यसअघि भएको खेलमा इंग्ल्याण्डले सर्बियाविरुद्ध १-० को कठिन जित निकालेको थियो ।

अर्को खेलमा डेनमार्कले अग्रता लिएर पनि स्लोभेनियासँग १-१ को बराबरी खेल्दै अंक बाँडेको थियो ।

समूह सी को दोस्रो खेलमा डेनमार्कसँग खेल्दा इंग्ल्याण्डको नजर नकआउट चरणमा हुनेछ । डेनमार्कलाई पराजित गरेमा इंग्ल्याण्ड एक खेल अगावै नकआउट चरणमा पुग्नेछ ।

उता डेनमार्कको लागि भने नकआउट चरणको सम्भावना कायम राख्न इंग्ल्याण्डलाई हराउनुपर्नेछ वा हार टार्नुपर्नेछ ।

पहिलो खेलमा बराबरी खेलेकोले डेनमार्क यस खेलमा सजग भएर खेल्नेछ ।

इंग्ल्याण्ड र डेनमार्कबीचको खेल नेपाली समय अनुसार राति ९ : ४५ बजे फ्रांकफर्टमा हुनेछ ।

यस्तै यसै समूहको अर्को खेलमा सर्बिया र स्लोभेनिया पहिलो जितको खोजीमा हुनेछ । दुवै टोली सन् २००० पछि पहिलो पटक युरो खेलिरहेका छन् । त्यसैले पनि नकआउट चरणमा पुग्दै युरोलाई सम्झनलायक बनाउन चाहन्छ ।

पहिलो खेल बराबरी खेलेको स्लोभेनियासँग १ अंक छ भने सर्बिया अंकविहीन छ ।

यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ६ : ४५ बजे म्युनिखस्थित एलिएन्ज एरेनामा हुनेछ ।

युरो २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय