+
+

एकीकृत समाजवादीकी प्रदेश सांसदले भनिन्- रातो किताब च्यातौं-च्यातौं लाग्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ६ गते १३:३७

६ असार, विराटनगर । कोशी प्रदेशको सत्तापक्षीय दल नेकपा एकीकृत समाजवादीकी सांसदले बजेटको किताब च्यान्त मन लागेको बताएकी छन् ।

बिहीबार प्रदेश सभा बैठकको विशेष समयमा बोल्दै समाजवादीकी सांसद विद्या चाम्लिङ राईले बजेट विनियोजनमा विभेद भएकाले रातो किताब च्यात्न मन लागेको बताएकी हुन् ।

‘जनताको पसिनाले बनेको यो सम्पत्ति रातो किताब, राखौं–राखांै लाग्नुपर्ने हो,’ उनले भनिन, ‘तर बजेट पक्षपातपूर्ण भएकाले च्यातौं–च्यातौं लाग्छ ।’

उनले जनता अभिभावकविहीन भएको बताइन् । ‘बाढी र पहिरोले जनता घरबारविहीन र मृत्यवरण गरिरहेका बेला हामी बजेटमा झगडा गर्नुपर्ने बाध्यात्मक अवस्थामा छौं,’ उनले भनिन्, ‘जिम्मेवार व्यक्तिले नसोच्दा यस्तो भएको छ ।’

उनले रातो किताब संशोधन गर्न पनि माग गरिन् । राईले ५० लाखको योजना माग गरेको तर आफ्नो क्षेत्रमा २६ लाखका मात्रै योजना समावेश भएको गुनासो गरिन् ।

कोशी प्रदेशको बजेटप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राप्रपाले बुधबारको बैठक बहिष्कार गरेका थिए । सरकारसँगको बैठकपछि आजको बैठकमा दुई दल सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?