+
+

रैथाने खाद्यान्नको संरक्षण र प्रवर्द्धन आवश्यक : उपसभामुख राना

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ६ गते १४:११

६ असार, काठमाडौं । उपसभामुख इन्दिरा रानाले रैथाने खाद्यान्नहरुको प्रवर्द्धन गर्न आवश्यक रहेको बताएकी छन् ।

बिहीवार काठमाडौंमा ग्यास्ट्रोनोमी टुरिजम एशोसिएशन अफ नेपालले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले जलवायु परिवर्तनका कारण रैथाने बालीहरु मासिँदै गएको बताइन् ।

उनले भनिन्, ‘अहिले आधुनिकतामा ढल्किने हिसावले विभिन्न रोगहरु निम्त्याइरहेका छौँ । हामीमा भएका कयौँ रैथाने पौष्टिक आहाराहरुलाई हामीले बिर्सिरहेका छौँ । सरकारले रैथाने खानेकुरालाई प्रवद्र्धन गर्नुपर्छ ।’

उनले आधुनिकतामा बढी रुमल्लिँदा स्थानीय रहनसहन, चालचलन र संस्कृति लोप हुँदै गएको बताइन् । उनले नेपाल आउने पर्यटकहरुलाई स्थानीय खानेकुराहरुले स्वागत गर्नुपर्ने बताए । उनले स्थानीय खानेकुराको प्रवद्र्धनमा सरकार, निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताइन् ।

‘हाम्रा हिमाल र पहाडहरुमा रैथाने खानेकुरा उत्पादन हुन्थ्यो, आज जलवायु परिवर्तले स्थानीय खानेकुरा लोप भइरहेका छन् । हामीले पर्यटकहरुलाई हाम्रो खानेकुरा खुवाउनुपर्छ । हामीले कसरी त्यहाँका स्थानीय खानेकुराको उत्पादन वृद्धिका लागि एउटा छलफलबाट कानून बनाइ कार्यान्वयन गर्न आवश्यक छ ।’ उनले भनिन् ।

कार्यक्रममा बोल्दै होटल संघका अध्यक्ष विनायक शाहले ग्यास्टोनोमि टुरिजमको विकास गर्न आवश्यक रहेको बताए । उनले रैथाने खानेकुराको प्रवद्र्धन गरे मात्रै स्थानीय बालीहरुको संरक्षण गर्न सकिने बताए । उनले नेपालमा हाल झन्डै ५ हजार होटलहरुले रैथाने खानेकुराहरुको प्रवर्द्धन गरिरहेको बताए ।

उनले भने, ‘ग्यास्टोनोमि टुरिजमको विकास गर्नुपर्छ । रैथाने खानेकुराको प्रवर्द्धन गर्नुपर्छ । झन्डै ५ हजार होटलहरु रैथाने खानेकुराको प्रवद्र्धनमा लागेका छौँ । हामी सबै मिलेर अघि बढ्नुपर्छ, हामी सहकार्य गर्न तयार छौँ ।’

अध्यक्ष शाहले नेपालले पर्यटन दशक घोषणा गरेको भन्दै आफूहरु पर्यटन वृद्धिका लागि सहकार्य गर्न तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?