+

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

२०८१ असार  ६ गते १४:३८ २०८१ असार ६ गते १४:३८
नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

६ असार, काठमाडौं । टि–२० विश्वकपमा सहभागी भई नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

टिम बुधवार राति र बिहीवार बिहान गरी दुई वटा समूहमा बाँडिएर स्वदेश फर्किएको हो ।

कुशल भुर्तेल, सोमपाल कामी, आसिफ शेख, करण केसी र अविनाश बोहरा लगायतको समूह बुधवार राति १० बजे विमानस्थलमा ओर्लिएको थियो भने कप्तान रोहितकुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, सागर ढकाल, सन्दीप जोरा लगायत बाँकी रहेका खेलाडी तथा अफिसियल आज आएका हुन् ।

टि २० विश्वकप अन्तर्गत नेपालले ३ खेल खेलेको थियो । समूह डिमा रहेको नेपालले नेदरल्याण्ड, दक्षिण अफ्रिका र बंगलादेशसँग खेलेको थियो ।

सबै खेलमा नेपाल पराजित भएको थियो भने श्रीलंकासँगको खेल वर्षाका कारण रद्ध हुँदा एक÷एक अंक बाँडेको थियो ।

टि-२० विश्वकप नेपाली राष्ट्रिय क्रिकेट टिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय