+
+

ड्रेस नलगाएको निहुँमा रुकुममा विद्यार्थीमाथि कुटपिट

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ६ गते १४:४७

६ असार, रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका– १ मा रहेको त्रिपुरा माविमा अध्ययनरत विद्यार्थीमाथि निलडाम हुने गरी कुटपिट भएको छ ।

विद्यालयको पोशाक नलगाएको भन्दै मुसिकोट नगरपालिकाबाट करारमा नियुक्त विद्यालय नर्स शर्मिला खड्काले ४ देखि १० कक्षाका केही विद्यार्थीमाथि कुटपिट गरेकी हुन् ।

विद्यार्थीलाई चउरमा लाइन लगाएर खड्काले लठ्ठीले कुटेकी विद्यार्थीका अभिभावले बताएका छन् । विद्यालय पोशाक नलगाएको भन्दै खड्काले छोराको पिडौलामा निलडाम हुने गरी पिटेको अभिभावक लिला बोहराले बताइन् ।

अभिभावका अनुसार सुरुमा उक्त घटनाबारे बताए विद्यार्थीलाई विद्यालयबाट निकालीदिने चेतावनी दिइएको थियो । त्यही कारण तत्काल घटनाबाहिर आउन सकेन ।

केही दिनपछि अभिभावले छोराछोरीको शरीरमा घाउ, चोट देखेपछि सोधपुछ गर्नेक्रममा उक्त घटना बाहिर आएको हो ।

प्रधानाध्यापक शंकर रावलले विद्यार्थीमाथि कुटपिट भएको घटना स्वीकार्दै विद्यार्थी र अभिभावसँग समेत माफी मागेको बताए । उनले विद्यार्थीको सरसफाइ हेर्ने जिम्मा नर्स खड्कालाई दिइएकाले हात, नङको सफाइ जाँच गर्ने क्रममा आवेगमा आएर सामान्य कुटपिट भएको बताए ।

‘म विद्यालय नभएको दिन यो घटना भएको रहेछ,’ उनले भने, ‘घटनाबारे थाहा पाएपछि हामीले नर्सलाई स्पष्टीकरण सोधेर माफी माग्न लगाएका थियौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?