+
+

मुसिकोटले ल्यायो ‘कफी लगाऔं आम्दानी बढाऔं’ कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ६ गते १६:३७

६ असार, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले ‘कफी लगाऔं आम्दानी बढाऔं’ कार्यक्रम अगाडि सारेको छ ।

नगर प्रमुख जीवन खरेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा मुसिकोट नगरपालिकालाई राष्ट्रिय पहिचान दिन ‘कफी लगाऔं आम्दानी बढाऔं’लाई गौरवको कार्यक्रमको रूपमा ल्याएको हो ।

वडा नं ५ आपचौरमा धेरै किसान कफी खेतीमा लागेका छन् । गुल्मी जिल्लाभर १७८ हेक्टर जमिनमा कफी खेती गरिंदै आएको छ ।

नगरपालिकाले ‘बेरोजगारीलाई निकास, आफ्नै ठाउँको विकास’ कार्यक्रममार्फत रोजगारी नीति लिने लिएको छ । पर्यटकीयस्थल मालिका मन्दिर, सालिमे दह, शहीद पार्क र मुसिकोट दरबारमा सरसफाइ तथा बजारको फोहोर व्यवस्थापन गर्न एक/एक जनालाई रोजगारी दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई उद्यमशीलता विकास गर्न नगरपालिकामा लघु, घरेलु तथा साना उद्योग, रैथाने तथा पराम्परागत सीप र पेसामा आधारित उद्यमशीलता प्रवद्र्धन गर्ने कार्यक्रमलाई जोड दिइएको छ ।

नगरपालिकाले कृषितर्फ दिंदै आएको ५० प्रतिशत अनुदानलाई बढाएर ७५ प्रतिशत दिने बताएको छ ।

त्यस्तै आर्थिक हिसाबले सक्रिय जनसङ्ख्यालाई उत्पादनमा जोड्नको लागि प्रत्येक वडामा ‘एक वडा एक पहिचान’ कार्यक्रमलाई क्षेत्र निर्धारण गरी लागू गर्ने जनाइएको छ ।

‘पख्नुस् तपाईंको लागि हामी केही गर्दछौं’ कार्यक्रमअन्तर्गत दर्ता भएका कृषि उद्योगलाई प्रोत्साहन गर्ने नीति लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?