+

फिफा वरीयतामा नेपाल तीन स्थान माथि उक्लियो

२०८१ असार  ६ गते १६:४६ २०८१ असार ६ गते १६:४६
फिफा वरीयतामा नेपाल तीन स्थान माथि उक्लियो

६ असार, काठमाडौं । नेपाल फिफा वरीयतामा तीन स्थान माथि उक्लिएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार जारी गरेको वरीयताअनुसार नेपाल तीन स्थान सुधार गर्दै १७५औं स्थानमा उक्लेको हो । नेपाल यसअघि १७८औं स्थानमा थियो ।

फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा यमनसँग २–२ को बराबरी खेलेपछि नेपालको वरीयतामा सुधार भएको हो ।

दक्षिण एसियामा सबैभन्दा अघि रहेको भारतको वरीयता खस्किएको छ । भारत १२४औं स्थानमा झरेको छ ।

माल्दिभ्स १६०, भुटान १८३, बंगलादेश १८५, पाकिस्तान १९७ र श्रीलंका २०३ स्थानमा छ ।

यस्तै विश्व वरीयतामा अर्जेन्टिना शीर्ष स्थानमा यथावत रहँदा फ्रान्स दोस्रो र बेल्जियम तेस्रो स्थानमा छ ।

यस्तै ब्राजिल चौथो स्थानमा उक्लिएको छ भने इंग्ल्याण्ड पाँचौ स्थानमा झरेको छ । पोर्चुगल छठौं, नेदरल्यान्ड्स सातौं र स्पेन आठौं स्थानमा यथावत छ ।

क्रोयसिया नवौं स्थानमा उक्लिंदा इटली दशौं स्थानमा झरेको छ ।

फिफा वरीयता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय