+
+

नेपाल राष्ट्रिय प्राध्यापक संगठनको कार्यसमितिले पायो पूर्णता

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ६ गते १७:३३

६ असार, काठमाडौं । राष्ट्रिय भेला भएको एक वर्षपछि नेपाल राष्ट्रिय प्राध्यापक संगठनले नेतृत्व टुंग्याएको छ ।

४, ५ असारमा काठमाडौंमा भएको पहिलो केन्द्रीय समितिको बैठकले प्रा.डा. बालमुकुन्द रेग्मीको नेतृत्वमा २१ पदाधिकारी तथा ३ जना केन्द्रीय कार्यालय सदस्य सर्वसम्मत रूपमा चयन गरेको छ ।

माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनले स्थापना भएको करिब १७ वर्षपछि गत वर्ष १४, १५ जेठमा प्रथम राष्ट्रिय भेला गरेको थियो ।

उक्त भेलाले नेतृत्व चयन गर्न नसकेपछि २५३ जनालाई केन्द्रीय सदस्य बनाउँदै राष्ट्रिय भेला सम्पन्न गरेको थियो । भेलाको एक वर्षपछि मंगलबार र बुधबार पहिलो केन्द्रीय बैठक बस्दै २१ पदाधिकारीसहित २५६ केन्द्रीय सदस्य बनाउँदै संगठनलाई पूर्णता दिइएको अध्यक्ष रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?