+
+

क्लासिक टेकको भुक्तानी ‘सेल पे’ बाट गर्दा बुलेट बाइक जित्ने अवसर

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ६ गते १७:५५

काठमाडौं । क्लासिक टेकले ग्राहकका लागि नयाँ योजना सार्वजनिक गरेको छ ।

कम्पनीले क्लासिक टेकको भुक्तानी ‘सेल पे’ वालेट मार्फत गर्दा बुलेट बाइक जित्ने योजना सार्वजनिक गरेको हो

यस अफरमा कम्पनीका नयाँ तथा पुराना ग्राहकले इन्टरनेट टिभीको सेल पे वालेटबाट भुक्तानी  गर्दा एक जना भाग्यशाली ग्राहकले बम्पर उपहारमा रोयल इन्फिल्ड क्लासिक ३५०सीसी बुलेट बाइक जित्न सक्नेछन् ।

साथै हरेक महिना म्याकबुक, आईप्याड र एप्पल वाच जित्ने अवसर पनि रहेको कम्पनीको भनाइ छ ।

अफरमा पुराना ग्राहकका लागि रिचार्ज अफरमा ३२५ एमबीपीएस सहित २०० प्लस एचडी र एसडी  च्यानल रहेको इन्टरनेट टिभी प्रति महिना ७९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन् ।

नयाँ ग्राहकले भने ३ महिनाका लागि २०० एमबीपीएस इन्टरनेट ३ हजार ३०० रुपैयाँमा वाइफाइ ६ राउटर सहितको प्याकेज प्राप्त गर्नेछन् ।

ती अफरहरू आगामी  कात्तिक मसान्तसम्म मात्र रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?