+
+

सामाजिक सञ्जालको नियमनमा जोड दिन्छौं : सञ्चारमन्त्री शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ६ गते १८:१४

६ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न नियमनलाई जोड दिने बताएकी छन् ।

बिहीबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेट छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिंदै मन्त्री शर्माले सामाजिक सञ्जाललाई व्यवस्थित गर्न निर्देशिका जारी भइसकेको बताएकी हुन् ।

शर्माले यसलाई थप व्यवस्थित गर्न सरकारले विधेयक तर्जुमालाई अन्तिम चरणमा पुर्‍याएको जानकारी दिइन् । प्रचलित कानुन, सामाजिक सद्‌भाव, सामाजिक वातावरणमाथि प्रतिकूल असर नपर्ने गरी सञ्चालन हुने कुनै पनि सामाजिक प्लेटफर्मप्रति सरकारको आग्रह/पूर्वाग्रह नरहेको शमाले बताइन् ।

मन्त्री शर्माले सामाजिक सञ्जाल, युट्युबको व्यवस्थिति अभिलेख र नियमित अनुगमनको काम प्रेस काउन्सिल नेपालबाट भइरहेको बताइन् । उनले अन्य सामाजिक सञ्जाल पनि नियन्त्रण नभएर नियमिनमा जोड दिइने बताइन् ।

उच्च गतिको इन्टरनेट एक वर्षको अवधिमा ९ जिल्ला थप गरी ७६ जिल्लामा पुगेको शर्माले बताइन् । विस्तार भएको एफटीटीएच सेवा आगामी आर्थिक वर्षमा सबै जिल्ला सदरमुकाम, नगरपालिका र गाउँपालिकामा पुग्ने शर्माको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?