+
+

प्रचण्ड, ओली र रविबीच सिंहदरबारमा छलफल जारी

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ६ गते १८:०९

६ असार, काठमाडौैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेबीच सिंहदरबारमा भेटवार्ता जारी छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनीहरुबीच पछिल्लो समसामयिक राजनीतिबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल चलिरहेको हो ।

संकटग्रस्त सहकारी संस्थाहरूमध्ये केहीको बचत रकम अपचलनमा गृहमन्त्री लामिछानेसमेत संलग्न रहेको भनी परेको मुद्दामाथि भोलि शुक्रबार सर्वोच्च अदालतमा पेशी छ । यसअघि बुधबार पेशी रहेकोमा राजनीतिक चासो समेतका कारण ढिलाइ भएको चर्चाबीच तीन नेताहरूबीच छलफल चलिरहेको हो ।

बिहीबार दिउँसो प्रधानमन्त्रीले संसद्‌मा बोल्दा ओली लगायत शीर्ष नेता अनुपस्थित रहेकामा प्रचण्डले दुःखमनाउ गरेका थिए । पछिल्ला दिनमा बजेटलगायत विषयमा प्रधानमन्त्री र प्रमुख सत्तासाझेदार एमालेका अध्यक्ष ओलीबीच तिक्तता बढ्दै गएको विश्लेषण भइरहेका छन् ।

ओलीले सरकारी कदमको आलोचना गर्दा प्रधानमन्त्रीले त्यसको बचाउ गर्दै सामान्य पार्न खोजेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?