+
+

सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो ‘सिद्धार्थ रिवार्डस’ योजना

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ६ गते १८:१३

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैंकिङ क्षेत्रमै पहिलो पटक डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘सिद्धार्थ रिवार्डस’ योजना सञ्चालनमा ल्याएको छ ।

नक्सालमा रहेको बैंकको प्रधान कार्यालयमा एक कार्यक्रम आयोजना गरेर सो योजना सञ्चालनमा ल्याएको हो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले नयाँ योजना सुरुवातले डिजिटल भुक्तानीमा एक रोमाञ्चक र नयाँ अध्यायको सुरुवात भएको बताए । नयाँ योजनाले ग्राहकको बैंकिङ अनुभवलाई अझ गुणस्तरीय बनाउन मद्दत पुग्ने उनको विश्वास छ ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले ग्राहकको सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेर नवीनतम सेवा प्रदान गर्न आफूहरू केन्द्रित रहेको बताए ।

सिद्धार्थ बैंकको कार्ड वा मोबाइल बैकिङ गरिने भुक्तानीको टपअपको आधारमा रिवार्डस पोइन्टस प्राप्त गर्ने बैंकले जनाएको छ ।

रिवार्डस पोइन्टलाई हवाई टिकट, होटल, पसल, उपहार कार्ड, बीमा, इन्टरनेट बिल पेमेन्ट लगायत सेवा लिए बापतको भुक्तानीमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?