+
+

सर्लाहीमा टेलिकम कार्यालयमा करेन्ट लागेर मजदुरको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ६ गते १९:२४

६ असार, जनकपुरधाम । सर्लाहीको बरहथवा टेलिकम कार्यालयमा ज्याला मजदुरीमा काम गर्ने एकजनाको करेन्ट लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाहीको बरहथवा नगरपालिका-१० बस्ने २१ वर्षीय आवोध ठाकुर रहेका छन् ।

बिहीबार बिहान सवा ११ बजे सर्लाहीको बरहथवा नगरपालिका-५ स्थित नेपाल टेलिकमको कार्यालयमा करेन्ट लागेर आवोध र उनको भाइ १९ वर्षीय आनन्द ठाकुर घाइते भएका थिए ।

दुबैजनालाई एडभान्स सञ्जिवनी अस्पताल बरहथवामा भर्ना गरिएको थियो ।उपचारको क्रममा आबोध ठाकुरलाई चिकित्सकले मृत  घोषणा गरेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

मृतकका भाई आनन्द ठाकुरको उपचार भइरहेको र अवस्थ सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?