+

विद्यालय खेलकुदसँग बक्सिङको साझेदारी

२०८१ असार  ६ गते २०:०० २०८१ असार ६ गते २०:००
विद्यालय खेलकुदसँग बक्सिङको साझेदारी

६ असार, काठमाडौं । विद्यालय खेलकुदमा बक्सिङ खेलको प्रवर्द्धन गर्ने उद्धेश्यले नेपाल बक्सिङ महासंघले नेपाल विद्यालय खेलकुद महासंघसँग साझेदारी गरेको छ ।

विद्यालय खेलकुदमा बक्सिङ खेलको विकास र प्रवर्द्धन गर्ने लक्ष्यसहित बक्सिङ महासंघले विद्यालय खेलकुद महासंघसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

बक्सिङ महासंघका अध्यक्ष राम अवाले र विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौतामा अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) को प्रतिनिधिको रुपमा आईएसएफका कार्यकारी सदस्य राजकुमार कार्कीले समझदारी पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार विद्यालय खेलकुदको अभियानमा बक्सिङ महासंघ साझेदार संस्थाको रुपमा सहमति रहनेछ ।

सम्झौता अनुसार विद्यालय खेलकुदमा बक्सिङ खेलका प्रतियोगिता, पूर्वाधार विकास, नीति निर्माण, तालिम तथा क्षमता अभिवृद्धि, खोज अनुसन्धानमा दुवै संस्थाले मिलेर काम गर्ने उल्लेख छ ।

विद्यालय खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय