+

लेस्टरको प्रशिक्षकमा स्टिभ कुपर नियुक्त

२०८१ असार  ६ गते २०:१२ २०८१ असार ६ गते २०:१२
लेस्टरको प्रशिक्षकमा स्टिभ कुपर नियुक्त

६ असार, काठमाडौं । इंग्लिस क्लब लेस्टर सिटीले नटिङहम फरेस्टका पूर्वप्रशिक्षक स्टिभ कुपरलाई नयाँ प्रशिक्षक नियुक्त गरेको छ ।

लेस्टरले कुपरलाई तीन वर्षका लागि अनुबन्ध गरेको हो । ४४ वर्षीय कुपरले डिसेम्बर २०२३ मा फरेस्ट छाडेका थिए ।

एन्जो मारेस्का जुनको सुरुमै चेल्सी गएपछि लेस्टर प्रशिक्षकको खोजीमा थियो ।

मारेस्का गत सिजनको सुरुवातमा लेस्टरमा अनुबन्ध भएका थिए । उनले २०२२/२३ मा रेलिगेसनमा परेको लेस्टरलाई च्याम्पियनसिपको विजेता बनाउँदै तत्कालै प्रिमियर लिगमा बढुवा गराउन भूमिका खेलेका थिए ।

कुपरले लेस्टरमा अनुबन्ध भएपछि आफू उत्साहित रहेको प्रतिक्रिया दिएका छन् । ‘लेस्टरको फस्ट टिमको प्रशिक्षक नियुक्त हुँदा म एकदमै उत्साहित छु,’ कुपरले भने । कुपरले लेस्टरको इतिहास राम्रो रहेको र समर्थहरु पनि उत्कृष्ट रहेको बताए ।

लेस्टर स्टिभ कुपर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय