+

युरो २०२४ : समूह चरणमै स्पेन र इटली भिड्दै

२०८१ असार  ६ गते २०:२९ २०८१ असार ६ गते २०:२९
युरो २०२४ : समूह चरणमै स्पेन र इटली भिड्दै

६ असार, काठमाडौं । साविक विजेता इटली र पूर्वविजेता स्पेन युरो २०२४ को समूह चरणमै भिड्दैछन् ।

समूह बी मा रहेका यी दुई पूर्व विजेता बीचको खेल आज मध्यराति १२:४५ बजे हुनेछ । दुवै टोली लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा पुग्ने लक्ष्यमा छन् ।

स्पेनले पहिलो खेलमै क्रोएसियामाथि ३-० को जित निकालेको थियो । इटलीले भने अल्वानिया विरुद्ध एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै २-१ ले खेल जितेको थियो ।

स्पेन र इटली मुख्य प्रतियोगितामा भिड्न लागेको यो ११औं पटक हो । जुन दुई युरोपियन राष्ट्रको कीर्तिमान हो । यस्तै युरोमा दुई टोली एक आपसमा खेल्न लागेको लगातार पाँचौ पटक हो । २००८ देखि यी दुई टोली युरोमा भिड्दै आएका छन् ।

इटलीका प्रशिक्षक लुसियानो स्पालेट्टीले स्पेनसँग खेल्दा ९० मिनेट नै एकरुपको खेल खेल्नुपर्ने बताएका छन् । स्पेनका प्रशिक्षक लुइस डे ला पुएन्टेले यस खेललाई क्लासिक गेमको संज्ञा दिएका छन् । उनले समूह चरणमै दुई ठूला टिमबीच खेल हुन लागेकोले उत्कृष्ट खेल हुने अपेक्षा गरेका छन् ।

‘दुवै टिम हरेक अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि दाबेदार हुन्,’ फुएन्टेले भने, ‘स्पेन भर्सेस इटली क्लासिक गेम हो । यो फाइनलमा हुनुपर्ने खालको खेल हो ।’

प्रशिक्षक फुएन्टेले इटलीका राम्रो खेलाडी र प्रशिक्षक रहेको भन्दै फुटबल कल्चरसमेत राम्रो रहेको बताए ।

क्रोएसिया विरुद्ध पहिलो खेलमा डेब्यु गर्दै युरो खेल्ने युवा खेलाडीको कीर्तिमान बनाएका स्पेनका लामिन यमल दोस्रो खेलमा पनि सुरुवात गर्ने होडमा छन् ।

स्पेनका टिममेट फाबियन रुइजले यामलको क्षमताबारे सबैलाई थाहा भएको र राम्रो खेलाडी रहेको बताए ।

इटली युरो २०२४ स्पेन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय