+

इन्जुरी टाइममा गोलले सर्बियासँग बराबरीमा रोकियो स्लोभेनिया

२०८१ असार  ६ गते २१:२६ २०८१ असार ६ गते २१:२६
इन्जुरी टाइममा गोलले सर्बियासँग बराबरीमा रोकियो स्लोभेनिया

६ असार, काठमाडौं । जर्मनीमा जारी युरो २०२४ मा बिहीबार साँझ भएको समूह सी को खेल सर्विया र स्लोभेनियाले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

सुरुवाती अग्रता लिँदै युरोमा पहिलो जित नजिक पुगेको स्लोभेनिया इन्जुरी टाइममा गोल खाँदा जितबाट बञ्चित भयो । सर्वियाले इन्जुरी टाइममा गोल फर्काउँदै हार टारेको हो ।

लुका जोभिकले ९५औं मिनेटमा गोल गर्दै सर्वियाको हार टारेका थिए । त्यसअघि जान कार्निनिकले ६९औं मिनेटमा गोल गर्दै स्लोभियालाई पहिले अग्रता दिलाएका थिए । तर स्लोभेनियाले त्यो अग्रतालाई अन्त्यसम्म कायम राख्न सकेन ।

बराबरीपछि दुवै टोलीले समूह सीमा एक-एक अंक जोडेका छन् । स्लोभेनिया यो लगातार दोस्रो बराबरी हो । स्लोभेनियाले पहिलो खेलमा डेनमार्कसँग १-१ को बराबरी खेलेको थियो । सर्विया भने पहिलो खेलमा इंग्ल्याण्डसँग १-० ले पराजित भएको थियो ।

स्लोभेनियाले अब अन्तिम खेलमा इंग्ल्याण्डको सामना गर्नेछ भने सर्वियाले डेनमार्कसँग खेल्नेछ ।

फुटबल युरो २०२४ सर्बिया स्लोभेनिया
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय