+
+

‘गाउँ आएको बाटो’ शुक्रबारदेखि ३० अमेरिकी शहरमा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ६ गते २१:४१

काठमाडौं । नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’को अमेरिकाव्यापी प्रदर्शन मिति घोषणा भएको छ । सेभेन सिजले ३० अमेरिकी शहरमा फिल्मलाई हलमा व्यावसायिक रिलिज गर्न लागेको हो ।

यो फिल्म बुधबारदेखि क्यालिफोर्नियाका दुई र सिकागोको एक हलमा प्रदर्शनमा आउन लागेको छ । तर, अमेरिकाभरको रिलिज भने शुक्रबारदेखि हुने जनाइएको छ ।

नेपाली समुदायको बाक्लो उपस्थिति रहेको टेक्सासको युनेस्को सिनेपोलिस र रिचर्डसन्को फन मूभी ग्रिलमा रिलिज तय भएको छ ।

ओहायाको सिन्सिनाटिकोस्थित सिनेमार्क, मिलफर्डको सिनेमार्क, कोलम्बसको मार्कस् थिएटर र मेफिल्ड हाइट्सको एट्लस इस्टगेट हलमा फिल्म प्रदर्शनमा आउने भएको छ ।

क्यालिफोर्नियाको रिचमण्डस्थित सेन्चुरी हिलटप १६, फ्रिमन्टको सिने लाउन्ज, लेकउडको स्ट्रेट सिनेमाज, डीसी-मेरिल्याण्ड-भर्जिनिया क्षेत्रअन्तर्गत फेयरफ्याक्सस्थित एन्जेलिका थिएटर्स, ग्लेन बर्नीस्थित होराइजन सिनेमाज, कोलम्बियाको सिनेमार्कमा फिल्म प्रदर्शन तय छ ।

म्यासाचुसेट्स, न्यू ह्यामसायर र कनेक्टिकट राज्य क्षेत्रको क्याम्ब्रिज, हुकसेट र वाटरबरीको एप्पल सिनेमाजमा फिल्म रिलिज हुँदैछ । नर्थ क्यारोलिना राज्यको ग्रीन्सबरोस्थित रेड सिनेमाज र रेलिगको सिनेमार्क बिस्ट्रोमा फिल्म लाग्नेछ ।

पेन्सिलभेनियाको सिनेमार्क टिन्सेलटाउन र मोनोरोभिल्लेमा फिल्म रिलिज हुँदैछ । न्यूयोर्कको भिलेज इस्ट बाई एन्जेलिका, नेब्रास्काको ओमाहा, मिजौरीको रोनिज सिनेमाज, विसकन्सिनको एप्पलटनस्थित हलिउड थिएटर्स, आयोवास्थित साइकामोर सिनेमा, नर्थ डाकोटास्थित वेस्ट एक्रिस, कोलोराडोको डेन्भरस्थित हार्किन्स, एरिजोनाको हार्किन्स, मिसिगनको सेलेब्रेसन सिनेमा र इलिनोइसको सिनेमा लाउन्जमा फिल्मको प्रदर्शन तय भएको छ ।

दर्शकको मागको आधारमा थप शहरमा समेत रिलिज हुने वितरण कम्पनी सेभेन सिजका प्याट्रिक सुवेदीले जानकारी दिए । नेपालमा फिल्मको व्यवसायिक प्रदर्शनपछि अमेरिकाव्यापी रिलिज हुन लागेको हो ।

बिहीवारदेखि मेरिल्याण्डमा आयोजना हुन लागेको नेपाल अमेरिका फिल्म फेस्टिभलमा रेडकार्पेट प्रिमियरपछि ‘गाउँ आएको बाटो’ले अमेरिकाव्यापी प्रदर्शन थाल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?