+

कोपा अमेरिकामा साविक विजेता अर्जेन्टिनाको विजयी सुरुवात

२०८१ असार  ७ गते ८:१३ २०८१ असार ७ गते ८:१३
कोपा अमेरिकामा साविक विजेता अर्जेन्टिनाको विजयी सुरुवात

७ असार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिका २०२४ मा विजयी सुरुवात गरेको छ । मर्सिडिज बेन्ज स्टेडियममा शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० ले पराजित गरेको हो ।

पहिलो हाफमा क्यानडाले अर्जेन्टिनालाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा अर्जेन्टिनाले २ गोल गर्‍यो।

४९औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै साविक विजेतालाई अग्रता दिलाएका थिए । यस्तै दोस्रो हाफमा म‌दान प्रवृश गरेका लाउटारो मार्टिनेजले ८८ मिनेटमा लिओनल मेसीको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए ।

अल्भारेजकै स्थानमा लाउटारो मार्टिनेज ७६ मिनेटमा मैदान प्रवेश गरेका थिए । जितपछि अर्जेन्टिना ले समूह ए मा ३ अंक जोडेको छ । अर्जेन्टिनाले अब बुधबार चिलीसँग खेल्नेछ ।

कोपा अमेरिका २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय