+
+
कविता :

मान्छे बन्न सकिनँ

अर्जुनबाबु दाहाल अर्जुनबाबु दाहाल
२०८१ असार ७ गते ८:३९

मुसुक्क हाँसेर भित्रभित्रै रिस राख्न सकिनँ
काखमा राखेर छुरा धस्न जानिनँ
पर्दापछाडि कुरा काट्न मानिनँ
त्यसैले त म मान्छे बन्न सकिनँ !

मान्छे नै पिच्छे रूप फेर्न सकिनँ
मन नपर्नेबित्तिकै दुश्मन ठान्न सकिनँ
नाफाघाटालाई मात्रै जीवन मान्न सकिनँ
त्यसैले त म मान्छे बन्न सकिनँ !

पैसाले सबथोक किनिन्छ भन्ने ठानिनँ
गरीबको श्रम शोषण गर्न मानिनँ
आफूलाई सर्वेसर्वा ठान्न जानिनँ
त्यसैले त म मान्छे बन्न सकिनँ !

निर्धाहरुलाई लोभ्याएर लुट्न सिकिनँ
आफ्नैसँग कमिसन खान मानिनँ
असत्यसँग सती जान सकिनँ
त्यसैले त म मान्छे बन्न सकिनँ !

कालाबजारी गर्न जानिनँ
दुईनम्बरी धन्दा गर्न मानिनँ
कमजोरीको फाइदा लुट्न सिकिनँ
त्यसैले त म मान्छे बन्न सकिनँ !

स्त्रीलम्पट बन्न मैले कहिल्यै मानिनँ
सहकर्मीको पेटमा लात हान्न सिकिनँ
उत्तर नआउने प्रश्न मैले कहिल्यै सोधिनँ
त्यसैले त म मान्छे बन्न सकिनँ !

अरूको परिश्रम खान सकिनँ
घाँस देखाएर गर्धन काट्न सकिनँ
मैले कसैलाई लुट्नेबारे सोच्न सकिनँ
त्यसैले त म मान्छे बन्न कहिल्यै सकिनँ !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?