+
+

अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड, नेपाललाई कस्तो असर पर्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ७ गते ८:५१

७ असार, काठमाडौं । अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड बनेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि १ अमेरिकी डलरको बिक्रीदर मूल्य १३४ रुपैयाँ १५ पैसा तोकेको छ । यसअघि जेठ ३० गते  बिक्रीदर मूल्य १३४ रुपैयाँ १ पैसा कायम भइ उच्च रेकर्ड बनेको थियो ।

सर्वसाधारणलाई डलर चाहिएको अवस्थामा यहीं मूल्य तिरेर खरिद गर्नुपर्दछ । त्यस्तै बिक्रीदर मूल्य १३३ रुपैयाँ ५५ पैसा तोकेको छ । सर्वसाधारणले आफूसँग भएको डलर सटही गर्दा यो मूल्य पाउँछन् ।

अघिल्लो दिनको तुलनामा डलरको मूल्य ३१ पैसा महँगिएको हो । डलरको भाउ बढ्नु भनेको अन्तर्राष्ट्रिय कारोबारमा नेपाली मुद्रा कमजोर हुनु हो ।

डलरको मूल्यवृद्धिले कस्तो असर पार्छ ?

डलरको मूल्य बढ्दा रेमिट्यान्स र पर्यटन क्षेत्रमा आन्तरिक रुपमा फाइदा देखिने गरेको छ । डलरको मूल्य बढ्दा नेपालमा रेमिट्यान्स र पर्यटन क्षेत्रको आम्दानी धेरै देखिने गर्छ ।

तर वैदेशिक कारोबारमा नेपाली मुद्रा कमजोर हुनुले आयातमा निर्भर नेपाललाई बेफाइदा हुने गरेको छ । अन्य मुलुकसँग नेपालको व्यापार घाटा ठूलो रहेकाले डलरको मूल्य बढ्दा नेपाललाई नोक्सानी बढी हुन्छ । इन्धन, सवारीसाधन लगायत विदेशबाट आयात हुने सबै वस्तुमा नेपालले डलरमा भुक्तानी गर्नुपर्छ । डलरको भाउ नै उच्च भइसकेपछि ती वस्तुको आन्तरिक मूल्य उच्च हुन्छ । यसले समग्र मूल्य वृद्धिदर बढ्न जान्छ ।

नेपालमा मासिक औसत १४० अर्ब रुपैयाँ बराबरको विदेशी सामान आयात हुने गरेको छ भने नेपालबाट मुस्किलले मासिक औसत १३ अर्बको सामान निर्यात हुने गरेको छ । यति ठूलो व्यापार घाटाको खाडल रहेकाले अमेरिकी डलरको मूल्य बढ्दा आयातित वस्तुका लागि धेरै मुद्रा खर्चिनुपर्छ ।

उहीं परिमाण आयात गर्दा पनि धेरै विदेशी मुद्रा खर्चिनुपर्छ । डलरका कारण आन्तरिक रुपमा  पेट्रोलियम पदार्थको मूल्य समेत बढ्ने भएकाले समग्र ढुवानी लागत बढ्दछ । त्यस्तै विदेशी कच्चा पदार्थमा निर्भर स्वदेशी उत्पादनको भाउ महँगिन्छ । समग्रमा डलर महँगिदा विदेशी मुद्रा सञ्चितिमा नकारात्मक असर पुग्ने र नेपालको महँगी नै बढ्न जान्छ ।  अर्कोतिर विभिन्न भौतिक पूर्वाधार निर्माणका क्रममा लागत महँगिन जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?